गोविन्द भट्टराईलाई भोट माग्न तनहुँ पुगेर प्रचण्डले भने -'खहरे सधैं उर्लिदैन'
काठमाडाैं | बैशाख ६, २०८०
तनहुँ: तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न प्रधानमन्त्री सहित शीर्ष नेता तनहुं पुगेका छन्।
भट्टराईको पक्षमा चुनावी माहोल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एकै दिन तनहुँ पुगेका हुन्।
सो अवसरमा बोल्दै पुष्पकमल दाहालले गोविन्द भट्टराईलाई जिताउन आग्रह गरे । उलने अन्य पार्टीलाई कटाक्ष गर्दै भने, ‘खहरे खोला सधैं उर्लिदैन । केही समय मात्रै हो ।’
प्रचण्ड बुधबार बिहान गोरखाको चुम उपत्यका पुगेर एउटा गुम्बाको कार्यक्रमलाई सम्बोधनपछि हेलिकोप्टरबाट तनहुँ आएका थिए ।
उता कांग्रेस सभापति देउवा काठमाडौंबाट सिधै तनहुँ पुगेका हुन्। तनहुँ १ मा कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका डा. स्वर्णिम वाग्लेको चुनौती चिर्न शीर्ष नेता त्यहाँ पुगेका हुन्। उच्च राजनीतिक स्रोत काअनुसार तनहुंको चुनावमा खटिएका नेका महामन्त्री भित्रभित्रै स्वर्णिम वाग्लेलाई जिताउन लागेपछि सभापति देउवा सहित शिर्ष नेता आत्तिएका छन् ।
गगन थापाले तनहुंबाट वाग्लेलाई जिताएर राष्ट्रिय स्वतन्त्र पार्टी ससंसदीय दलको नेता बनाएर आफ्नो स्वार्थ अनुसार रास्वपालाई प्रयोग गर्ने रणनीतिमा लागेका छन् । थापाले चितवनको सभामा पनि रवि लामिछानेप्रति कुनै आलोचना नगरीकन फर्केपछि कांग्रेससीहरुमा छटपटी शुरु भएको छ ।
चुनावी कार्यक्रमलाई सम्बोधनका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि पुगेका छन्।
तनहुँ १ मा कांग्रेसबाट भट्टराई, रास्वपाबाट वाग्ले र नेकपा एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ।
पोखरा: पोखरामा भोलिदेखि छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपक...
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय ...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो ...

